Kathmandu Press

सी आउँदा उडान प्रभावित हुने भएपछि दुई दिन २४ सैं घण्टा विमानस्थल खुलाइने 

काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित हुने भएपछि दुई दिन २४ ....

सी आउँदा उडान प्रभावित हुने भएपछि दुई दिन २४ सैं घण्टा विमानस्थल खुलाइने 
फाइल

काठमाडौं, असोज २५ : चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित हुने भएपछि दुई दिन २४ सैं घण्टा विमानस्थल सञ्चालन हुने भएको छ।

विमानस्थल कार्यालयले शनिबार र आइतबार २४ सैं घण्टा विमानस्थल सञ्चालन गरेर उडान र अवतरणको व्यवस्थापन गर्न लागेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए। 

धेरै उडान प्रभावित हुने भएपछि हाल २१ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल २४ घण्टा खुलाउन लागिएको हो।

विमानस्थलले सी काठमाडौं उत्रिँदा र फर्किने क्रममा नोटाम (नोटिस टु एयरम्यान) जारी गरेर साढे दुई घण्टा विमानस्थल बन्द हुने जनाइसकेको छ।

विमानस्थल कार्यालयका अनुसार शनिबार दिउँसो २: ५५ देखि साँझ ५: २५ सम्मका लागि नोटाम जारी गरिएको छ। सी फर्किने क्रममा आइतबार बिहान ११ः२० देखि दिउँसो १ः५० सम्म पनि विमानस्थल बन्द रहने छ। 

नेपाल उडान गर्ने सबै एयरलाइन्सको उडान तालिका समेत सारिएको छ। एयरलाइन्सहरुले नयाँ उडान तालिका समेत सार्वजनिक गरेका छन्।

हेर्नुस् सूचना: 

प्रकाशित मिति: १०:४६ बजे, शनिबार, असोज २५, २०७६