यस्ता छन् टेलिकमले आजदेखि घोषणा गरेको नयाँ अफर
काठमाडौं, माघ २२ : नेपाल टेलिकमको प्रिपेड फोन विदेशमा पनि चल्ने भएको छ । यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा दिदैं....

काठमाडौं, माघ २२ : नेपाल टेलिकमको प्रिपेड फोन विदेशमा पनि चल्ने भएको छ । यसअघि पोस्टपेडका प्रयोगकर्तालाई मात्रै टेलिकमले यस्तो रोमिङ कलको सुविधा दिदैं आएको थियो ।
टेलिकमले १५ वर्ष पूरा गरेर १६ वर्ष प्रवेश गरेको उपलक्षमा आजदेखि प्रिपेड फोनमा पनि रोमिङ कलको सेवा शुरु गरेको हो । योसँगै प्रिपेड फोन प्रयोगकर्ताले धरौटी नराखी रोमिङ सेवा प्रयोग गर्न पाउने भएका छन् । पोस्टपेडका प्रयोगकर्ताले भने १० हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । नेपाल टेलिकमले सन् २००१ बाट पोस्टपेडमा रोमिङ सेवा शुरु गरेको थियो । शुरुमा ३० हजार धरौटी राख्नुपर्ने भएपनि पछिल्ला वर्षहरुमा घटाएर १० हजार बनाइएको हो ।
अफरै अफर
नेपाल टेलिकमले वार्षिक उत्सवको अवसरमा दर्जनौ अफरहरु सार्वजनिक गरेको हो ।
एप डाउनलोड तथा रजिष्टेशनमा निशुल्क १० एमबी डाटा उपलब्ध गराउने जनाएको छ । त्यस्तैगरी जिएसएम पोष्टपेड ग्राहकलाई ९०० को प्याकेजमा प्रतिमहिना २ जिबी डाटा र ५०० को निशुल्क बोनस दिँदै आएकोमा अब प्रति महिना अल टाईम डाटा ३.३ जिबी र ५०० को निशुल्क रिसोर्स उपलब्ध गराउने भएको छ ।
भोलिदेखि फागुन ८ गतेसम्म रजिष्टर हुने नयाँ जिएसएम पोष्टपेट मोबाइलका ग्राहकलाई तीन महिनासम्म प्रति महिना अल टाईम डाटा १ जिबी र १०० मिनेट अल टाइम भ्वाईस बोनस उपलब्ध गराउने जनाएको छ ।
टेलिकमका अनुसार टुरिष्ट प्याकेज अन्तर्गत ५०० मा ५ जिबी डाटा र नेपाल टेलिकमको नेटवर्कमा ५० मिनेट भ्वाईस ५० एसएमएस तथा १०० रुपैयाँको अन्तराष्ट्रय कमल समेत गर्न सकिने अवसर रहेको छ ।
यसैगरी १००० मा १० जिबी डाटा र टेलिकमको नेटवर्कमा १० मिनेट भ्वाईस र १०० एसएमएस तथा २०० को अन्तराष्ट्रिय कल समेत गर्न सकिने अफर रहेको छ ।
टेलिकमले आजदेखि ९० दिनका लागि दैनिक, साप्ताहिक र मासिक चाईना कल प्याकेज अन्तर्गत क्रमशः ३० रुपैयाँमा १० मिनेट, १५० मा ४५ मिनेट र पाँच सय रुपैयाँमा १६५ मिनेट उपलब्ध गराउने जनाएको छ ।











