Kathmandu Press

सिटी र लिभरपुलले बाँडे अंक

काठमाडौं, चैत २८ : इंग्लिस प्रियिमर लिगको अघोषित फाइनलका रुपमा रहेको म्यानचेष्टर सिटी र लिभरपुलबीचको गोल बराबरीमा सकिएको छ। गएराति इतिहादमा भएको उपाधि...
सिटी र लिभरपुलले बाँडे अंक

काठमाडौं, चैत २८ : इंग्लिस प्रियिमर लिगको अघोषित फाइनलका रुपमा रहेको म्यानचेष्टर सिटी र लिभरपुलबीचको गोल बराबरीमा सकिएको छ। गएराति इतिहादमा भएको उपाधि होडका दुई टिमबीचको खेल २–२ गोलको बराबरीमा सकिएको हो।

लिभरपुलविरुद्ध २ पटकको अग्रता जोगाउन नसक्दा सिटीले स्पष्ट ४ अंकको अग्रता बनाउने अवसर गुमायो। खेलमा सिटीका केभिन डे ब्रुयन र ग्याब्रियल जेसुसले तथा लिभरपुलका डिएगो जोटा र साडियो मानेले गोल गरे।

Hardik ivf

खेलको पाँचौं मिनेटमै केभिन डी ब्रुएनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए। उनले बर्नाडो सिल्भाको पासमा गोल गरेका थिए।

१३औं मिनेटमा लिभरपुलले बराबरी गोल फर्कायो। जोटाले ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए।

३६औं मिनेटमा खेलमा सिटीले पुनः अग्रता लियो। जेसुसले जोआ क्यान्सेलको पासमा गोल गरेका थिए।

दोस्रो हाफको पहिलो मिनेटमै लिभरपुलले खेललाई पुनः बराबरीमा ल्यायो। यो पटक मोहम्मद सलाहको पासमा मानेले गोल गरेका थिए। ६३औं मिनेटमा रहिम स्ट्रर्लिङले गोल गरे पनि भीएआरले अफसाइट देखाएको थियो। त्यसपछि गोल नहुँदा खेला २–२ गोलकै बराबरीमा सकियो।

खेलमा सिटीले ५६ प्रतिशत बल पोजेसन बनाउँदै ११ सट प्रहार गर्दा ५ सट फ्रेमा थियो भने लिभरपुलले ६ सट प्रहार गर्दा ४ सट फ्रेममा थियो।

३१ खेलमा ६४ अंकसहित सिटी शीर्ष स्थानमै रहँदा ६३ अंकसहित दोस्रो स्थानमा छ।

प्रकाशित मिति: ०८:२३ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्