Kathmandu Press

राप्रपाले खटायो केन्द्रीय प्रतिनिधि, आजबाट घरदैलो

काठमाडौं, चैत २८ : स्थानीय तहको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय प्रतिनिधि खटाएको छ भने आजदेखि घरदैलो अभियान सञ्चालन गर्ने भएको...
राप्रपाले खटायो केन्द्रीय प्रतिनिधि, आजबाट घरदैलो

काठमाडौं, चैत २८ : स्थानीय तहको चुनावका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय प्रतिनिधि खटाएको छ भने आजदेखि घरदैलो अभियान सञ्चालन गर्ने भएको छ।

स्थानीय तहको निर्वाचनका घरदैलो अभियान सञ्चालन गर्न केन्द्रीय प्रतिनिधि खटाएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। केन्द्रीय प्रतिनिधिको उपस्थितिमा सबै जिल्लामा कोणसभा आयोजना गरिने भएको छ।

केन्द्रीय प्रतिनिधिले उम्मेदवार छनोटमा पनि सहजिकरण गर्ने भएका छन्। जसका लागि राप्रपाले विक्रम पाण्डे झापा, राजेन्द्र गुरूङ उदयपुर, राम थापा मोरङ, भक्तिप्रसाद सिटौला इलाम, मोहन श्रेष्ठ र दिनेश कार्की तनहुँ पठाएको छ।

त्यस्तै,, ज्ञानेन्द्र शाही कालीकोट, कुन्तिकुमारी शाही सुर्खेत, चितवनमा रेखा थापा, ताप्लेजुङमा सगुनसुन्दर लावती, धनकुटामा गोपाल दाहाल, धनुषामा मोहन यादव र काठमाडौंमा रोशन कार्कीलाई केन्द्रीय प्रतिनिधि खटाएको छ।

यससँगै भुवन पाठक भक्तपुर, प्रकाश रिमाल धादिङ, विक्रमबहादुर थापा ललितपुर, रवीन्द्र प्रताप शाह सिन्धुपाल्चोक, दिपक कुमार राई रसुवा र भरतप्रसाद पाठकलाई दोलखा पठाएको छ।

राप्रपाले रिना गुरुङ्ग मकवानपुर, हेमजंग गुरुङ्ग नवलपुर र महेन्द्रबहादुर कार्की गोरखामा खटाएको छ।

प्रकाशित मिति: ०८:१७ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्