Kathmandu Press

चुनावका लागि तनहुँमा सुझाव संकलन गर्दै गठबन्धन

तनहुँ, चैत २८ : स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ।अगामी वैशाख ३० गते हुने सो...
चुनावका लागि तनहुँमा सुझाव संकलन गर्दै गठबन्धन

तनहुँ, चैत २८ : स्थानीय तह निर्वाचनका लागि सत्तासाझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ।

अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्लास्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दशवटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो। नेकपा (माओवादी केन्द्र) को कार्यालयमा बसेको बैठकले चार नगरपालिका र ६ गाउँपालिकामा पालिकास्तरीय सुझाव सङ्कलन गरी अर्को बैठक वैशाख २ गते बस्ने निर्णय गरेको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए।

Hardik ivf

'गठबन्धनलाई बलियो बनाउनका लागि पालिकास्तरीय सुझाव सङ्कलन गरी कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकले सहमति गरेको छ,' उनले भने, 'पालिकास्तरमा बैठक राखेर सुझाव सङ्कलन गर्छौं।'

कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले निर्वाचनमा गठबन्धन गरेर जाने सहमति गरिसकेका छन्। बैठकमा कांग्रेस जिल्ला सभापति जितप्रकाश आले, माओवादीका अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला सचिव श्रीराम कार्की लगायतको सहभागिता थियो।

प्रकाशित मिति: ०७:५७ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्