इटहरीको मेयरका लागि एमालेका ६ जनाको नाम सिफारिश
इटहरी, चैत २८ : नेकपा (एमाले) उपमहानगर कमिटीले इटहरीको मेयरमा ६ जनाको नाम सिफारिश गरेको छ।बैठकमा सहमति नजुटेपछि मेयरको उम्मेदवार बन्न दाबी गरेका...
इटहरी, चैत २८ : नेकपा (एमाले) उपमहानगर कमिटीले इटहरीको मेयरको उम्मेदवारका लागि ६ जनाको नाम सिफारिश गरेको छ।
बैठकमा सहमति नजुटेपछि मेयरको उम्मेदवार बन्न दाबी गरेका सबैको नाम सिफारिश गरिएको एमाले उपमहानगर कमिटीले जनाएको छ। जसमा अहिलेका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, प्रदेश सदस्य रामप्रसाद चौलागाई, उपमहानगर अध्यक्ष यामकुमार सुब्बा, रेवती घिमिरे र बन्नुलाल चौधरी रहेका छन्।
त्यस्तै, उपमेयरमा अम्बिका चौधरी, विष्णु शर्मा नेपाल, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रूक्मिणी कोइराला र मिथिला पोख्रेलको नाम सिफारिश गरिएको एमालेले जनाएको छ।
एमाले स्थानीय कमिटीले प्रदेश कमिटीलाई नाम सिफारिश गरेको हो। अब प्रदेश कमिटीले केन्द्रमा पठाउनेछ। महानगर र उपमहानगरको केन्द्रबाटै टुंगो लगाइनेछ।
प्रकाशित मिति: ०७:३९ बजे, सोमबार, चैत २८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











