Kathmandu Press

बिस्केट जात्राको पहिलो दिनमै विवाद, दुई पक्षबीच ढुङ्गा हानाहान

काठमाडौं, चैत २८ : नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा सुरु...
बिस्केट जात्राको पहिलो दिनमै विवाद, दुई पक्षबीच ढुङ्गा हानाहान

काठमाडौं, चैत २८ : नयाँ वर्षको आगमनसंँगै सुरु भएको तान्त्रिक विधिबाट मनाइने भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको लिच्छवीकालीन बिस्केट जात्रा सुरु भएको छ।

नयाँ वर्षको चार दिन अगाडिदेखि सुरु भई नयाँ वर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केट जात्राको पहिलो दिनमै ढुङ्गा हानाहान भएको छ। भक्तपुरका बासिन्दाले आठ रात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेको बिस्केट जात्राको पहिलो दिन भैरव र भद्रकालीको पूजा गरेपछि आइतबार साँझ भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा सुरु भएको हो।

Hardik ivf

तौमढी (पाँचतले मन्दिर) अगाडिबाट भैरवको रथ तान्न सुरु भएको थियो। तौमढीबाट माथि र तलका बासिन्दाबीच रथ तानातान गर्ने क्रममा रथ गहिँटी पुगेर घरमा ठोक्किएर रोकिएपछि ढुङ्गा हानाहान भएको हो। स्थानीय रामकृष्ण श्रेष्ठले गहिँटीमा पुगेर रथ घरमा ठोक्किएको केही बेरमै ढङ्गा हानाहान भएको तर प्रहरीले हस्तक्षेप भने नगरेको जानकारी दिए।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले रथ तान्ने क्रममा गहिँटी पुगेर घरमा ठोक्किएपछि ढुङ्गा हानाहान भएको बताए। केहीबेरमै स्थिति सामान्य भएको उनले बताए।

प्रहरीले जात्रामा शान्ति सुरक्षाका लागि भन्दै उपत्यकाका तीनवटै जिल्लाका नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी एक हजार ४५० सुरक्षाकर्मी परिचालन गरेको छ। जात्रामा हस्तक्षेप गर्दा हिंसामा परिणत हुन सक्ने भएपछि प्रहरीले हस्तक्षेप भने नगरेको जनाएको छ।

परापूर्वकालदेखि चलिआएको प्रसिद्ध बिस्केट जात्रा बिस्केट अर्थात् ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधि अनुरूप निर्माण गरिएको भैरवको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्रले लैजान सके क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी, दत्तात्रयसम्म पुर्‍याइ फर्काउने प्रचलन छ। रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्‍याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा छ। (रासस)

प्रकाशित मिति: ०६:४८ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्