Kathmandu Press

पर्यटन प्रवर्द्धनमा लाग्न कूटनीतिक नियोगलाई निर्देशन

काठमाडौं, चैत २८ : विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न सररकाले विदेशीस्थित नेपाली नियोगलाई...
पर्यटन प्रवर्द्धनमा लाग्न कूटनीतिक नियोगलाई निर्देशन

काठमाडौं, चैत २८ : विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै विप्रेषण भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न सररकाले विदेशीस्थित नेपाली नियोगलाई निर्देशन दिएको छ।

दुई दर्जनभन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूतलगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग भर्चुअल बैठक गर्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनुपर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए।

'हामीलाई यतिवेला बिदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ। यसका लागि तपाईंहरूले विशेष भूमिका खेल्नुपर्छ,' शर्माले भने, 'रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस्। नेपाल कोभिड १९ बाट तंग्रिसकेको सन्देश दिँदै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने वातावरण सिर्जना गर्नुस्।'

चैतमा ९१ अर्ब रुपैयाँ विप्रेषण भित्रिएको जानकारी दिँदै उन यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो औँल्याए। 'विप्रेषण बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौं। रेमिट गर्नेहरूलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्,' अर्थमन्त्री शर्माले भने।

आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो। परराष्ट्र मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री शर्माले लगानी सम्मेलन आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताए।

'हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्न सक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौं,' उनले भने, 'गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौँ।'

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई विस्तारै सुधार गर्ने दिशामा सरकारअघि बढेको बताए। कार्यक्रममा कायममुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औँल्याए।

प्रकाशित मिति: ०६:३४ बजे, सोमबार, चैत २८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्