चुनावी तालमेलको सहमति जुटाउने समय थप्ने सत्तारुढ गठबन्धनको निर्णय
आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।
काठमाडौं, चैत २७ : सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका विषयमा तालमेलबारे निर्णय गरेर पठाउने म्याद थप गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको समितिको बैठकले कुन पालिका कसले लिने भनेर सहमति गरेर रिपोर्ट पठाउने म्याद थप्ने र आएका रिपोर्टअनुसार अघि बढ्ने निष्कर्ष निकालेको बैठकमा सहभागी एक नेताले बताए ।
यसअघि जिल्लास्तरमा तालमेलको सहमति जुटाएर केन्द्रमा पठाउन २६ चैतसम्मको समय दिइएको थियो । यस्तै सत्ता गठबन्धनको निर्वाचन परिचालन तथा अनुगमन समितिको बैठकले पाँच दलीय गठबन्धनबीच स्थानीय तहमा हुने सहमतिअनुसार अघि बढ्ने निष्कर्ष पनि निकालेको छ ।
समितिको बैठक भोलि बिहान ९ बजे फेरि बस्ने तय भएको छ ।
प्रकाशित मिति: २०:३२ बजे, आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार