Kathmandu Press

‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

काठमाडाैं, चैत २७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकी छन्। नेपाल यातायात व्यवसायी...
‘सवारीसाधन व्यवस्थित बनाउन व्यवसायीले ध्यान दिनुपर्छ’

काठमाडाैं, चैत २७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले सार्वजनिक सवारीसाधन व्यवस्थित बनाउन यातायात व्यवसायीले ध्यान दिनुपर्ने बताएकी छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छेटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रममा मन्त्री यादवले सवारीसाधनमा क्षमताअनुसार यात्रु राख्ने र मर्मतमा ध्यान दिनुपर्ने बताइन। कतिपय सवारी दुर्घटनाका कारण सवारीसाधनको खराब अवस्था पाइएको उनले बताइन।

सडक वा चालकको कारणले नभएर सवारीसाधनको अवस्थाले दुर्घटना भएको हुँदा त्यसमा ध्यान दिनुपर्ने उनको भनाइ थियो। महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सम्मानजनक व्यवहार गर्नुपर्ने उनले बताए। उनले भने, 'बसमा चढ्दा तँछाडमछाड गर्नुपर्ने अवस्थामा परिवर्तन गर्न खाँचो छ।'

Hardik ivf

बीस वर्ष अवधि पुगेका सवारीसाधन हटाइने व्यवस्थामा परिवर्तन गरिने मन्त्री यादवले बताइन। कोभिडका कारणले लामो समयसम्म सवारीसाधन थन्किएका कारणले त्यसलाई बढाउन आवश्यक रहेको उनको भनाइ थियो। कतिपय सवारीसाधनमा प्रदूषण जाँच भएर हरियो स्टिकर टाँसिए पनि सडकमा प्रदूषण फैलाएकाले त्यसमा ध्यान दिइनुपर्ने उनले बताइन। विगतमा भाडा समायोजनका लागि व्यवसायीले आन्दोलन गर्नुपर्ने भए पनि अहिले पेट्रोलियम पदार्थ बढेपछि बढाइएको उनले बताइन।

सडक र रेल निर्माणमा धेरै उपलब्धि हासिल भइरहेको मन्त्री यादवले बताइन। एक लाख किलोमिटरभन्दा बढी सडक बनिसकेको र हुम्ला सदरमुकाम बाहेक ७६ जिल्लाको सदरमुकाममा सडक सञ्जाल पुगेको उनले जानकारी दिइन। केही वर्षदेखि थन्किएको रेल अहिले सञ्चालन भएको र भविष्यमा यसको विस्तार हुने उनले बताइन। उनले भनिन, 'अहिले जयनगरबाट कुर्थासम्म रेल सञ्चालनमा रहेकामा छिट्टै बिजुलपुरासम्म विस्तार हुनेछ।'

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्काले नेपालमा अरू किसिमका यातायातको विकास गर्न लामो समय लाग्ने देखिएकाले सडक सञ्जाल व्यवस्थित बनाउनुपर्नेमा जोड दिए। संविधानसभा सदस्य लीलादेवी श्रेष्ठले बजारमा सबै कुराको भाउ बढ्दा पनि सवारीसाधनको भाडा बढ्न नसक्ने गरेको बताइन। आजदेखि सुरु भएको महाधिवेशनले नयाँ नेतृत्वको चयन गर्नेछ। सोमबारदेखि गोदावरीस्थित सम्मेलन केन्द्रमा बन्द सत्र सुरु हुने बताइएको छ।

प्रकाशित मिति: २०:२९ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्