Kathmandu Press

पेट्रोलियम पदार्थको मुल्य घटाउन विद्यार्थी संगठनहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडाैं, चैत २७ : विभिन्न पार्टीमा आबद्ध प्रमुख विद्यार्थी सङ्गठनहरुले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका छन्। आइतबार सम्पन्न संयुक्त बैठकले पेट्रोलियम...
पेट्रोलियम पदार्थको मुल्य घटाउन विद्यार्थी संगठनहरुको सरकारलाई ध्यानाकर्षण

काठमाडाैं, चैत २७ : विभिन्न पार्टीमा आबद्ध प्रमुख विद्यार्थी सङ्गठनहरुले पेट्रोलियम पदार्थको मूल्य तत्काल घटाउन माग गरेका छन्। आइतबार सम्पन्न संयुक्त बैठकले पेट्रोलियम पदार्थको मुल्यबृद्धिको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका हुन्।

ने.वि.संघ अध्यक्ष  डुजाङ शेर्पा, अनेरास्ववियू (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, समाजवादी बिध्यार्थी यूनियन अध्यक्ष रुपनारायण श्रेष्ठ, अध्यक्ष अखिल(क्रान्तिकारी)हरिकृष्ण गजुरेल,अध्यक्ष अखिल छैठौं देवेन्द्र कुँवरले संयुक्त विज्ञप्ति जारी गर्दै तत्काल पेट्रोलियम पदार्थको मूल्य नघटाए संयुक्त विद्यार्थी सङ्गठनहरुले निर्णायक सङ्घर्षमा जान बाध्य हुने चेतावनी पनि दिएका छन्।

Hardik ivf

विद्यार्थी सङ्गठनहरूले पेट्रोलियम पदार्थको मुल्यबृद्धिबाट सृजित मँहगी र यातायात  एवं माल बस्तुको ढुवानीमा हुने महँगी अनियन्त्रित हुँदै जाँदा गरिब, किसान ,विद्यार्थी मजदुर लगायत आम जनताको  जनजीवन कष्टकर बन्दै गएको भन्दै विद्युतलगायत बैकल्पिक ऊर्जा प्रयोगमा जोड दिन माग गरेका छन्।

यसका साथै उनीहरूले आगामी बजेटमा शिक्षित जनशक्तिलाई मुलुकभित्रै अवसर प्राप्त हुने खालका कार्यक्रमहरू समेटेर युवा र बौद्धिक जनशक्ति बस्ने र काम गर्ने वातावरण बनाउने नीति योजना र कार्यक्रमहरू ल्याउन पनि माग गरेका छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धनका साझा उमेदवारहरु बनाउँदा युवालाई प्राथमिकतामा राख्न गठबन्धन सम्बद्ध दलहरूलाई  संयुक्त विद्यार्थी सङ्गठनहरुले अपिल समेत गरेका छन्।

प्रकाशित मिति: २०:१५ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्