Kathmandu Press

आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश बितरण गर्ने

काठमाडौं, चैत २७ : आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ प्रतिशत लाभांश बितरण गर्ने भएको छ। संस्थाको आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित छैठौँ...
आरम्भ चौतारी लघुवित्तले २१ प्रतिशत लाभांश बितरण गर्ने

काठमाडौं, चैत २७ : आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले २१ प्रतिशत लाभांश बितरण गर्ने भएको छ। संस्थाको आज काभ्रेपलाञ्चोकको बनेपामा आयोजित छैठौँ बार्षिक साधारणसभाले सो प्रस्ताव पास गरेको अध्यक्ष जगतबहादुर पोखरेलले बताए  ।

प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गर्ने संस्थाले निर्णय गरेको हो । संस्थाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट २१ प्रतिशत बोनस सेयर वितरण गर्ने छ। बितरण गरिने लाभांश चैत १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र पाउनेछन् ।

देशकै नमुना लघुवित्त बनाउने उद्धेश्यका साथ ५५ जिल्लामा १५० शाखा बिस्तार गरिएको अध्यक्ष जगतबहादुर पोखरेलले बताए ।

त्यस्तै सभाले कुनै एक बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने गाभिने वा मर्जरमा जाने विषयलाई स‌ंशोधनसहित पारित गरेको भने गत आर्थिक वर्षको वार्षिेक प्रतिवेदन र आव २०७७-०७८ अन्तिम सम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह जस्ता वित्तीय विवरणहरु पारित गरेको छ ।

आर्थिक वर्ष २०७८०७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने साथै देउराली लघुवित्तलाई प्राप्ति गरेपश्चात संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने संचालक विनोद ज्ञवालीलाइ संचालकमा  अनुमोदन समेत गरेको छ ।

सो अवसरमा सिइयो लक्ष्मीप्रसाद शर्माले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले सकारात्मक नतिजासहितका सुचकहरु निकालेको बताए । उनले संस्थाको आर्थिक सुचकका बारेमा प्रकाश पारेका थिए  ।

सो अवसरमा कम्पनी सचिव शिब प्रसाद ज्ञवाली, संचालक सन्तोष पोखरेल, शेयर सदस्यहरु डा कपिल खनाल, डा धुर्व पाण्डे, अमृत अधिकारी, जीवन भण्डारी लगायतले बोलेका थिए ।

प्रकाशित मिति: १९:४८ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्