Kathmandu Press

राष्ट्रिय युवा संघद्वारा अर्थमन्त्री शर्मालाई जेल सजायकाे माग

राष्ट्रिय युवा संघद्वारा अर्थमन्त्री शर्मालाई जेल सजायकाे माग

काठमाडाैं, चैत २७ : राष्ट्रिय युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई जेल सजायकाे माग गरेकाे छ। आइतबार काठमाडाैंकाे नयाँ बानेश्वरमा सांकेतिकविराेध प्रदर्शन गर्दै अर्थमन्त्री शर्मालाई जेल सजायकाे माग गरिएकाे हाे।

प्रदर्शनलाई सम्बोधन गर्दै संघका अध्यक्ष तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य किरण पौडेलले भने, ‘मुलुक भयावह आर्थिक संकटमा गुज्रिरहेको समयमा आफ्ना अनुचित दबाब पालना नगरेकाले राष्ट्र बैंकका गभर्नरलाई अर्थमन्त्री जनार्दन शर्माले निलम्बन गर्ने जुन काम गर्नुभयो, यसले बढ्दो संकटपूर्ण अवस्थामा विश्वभर नकारात्मक सन्देश प्रवाह गर्ने भएको हुँदा यो गम्भीर अपराध हो’, अध्यक्ष पौडेलले भने,‘त्यसैले यसका मुख्य अभियुक्त रहेका अर्थमन्त्री जनार्दन शर्मालाई पदमुक्त मात्र होइन, जेल सजाय नै हुनुपर्छ।’

प्रदर्शनमा अर्थमन्त्री शर्माको तस्बिर फर्सीमा पोतेर, उक्त फर्सीलाई कुर्सीमाथि राखेर विरोध जनाइएको थियाे।

प्रकाशित मिति: १९:१४ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्