नेपाली सेनाले साढे १० हजार हतियार सशस्त्रलाई दिने
काठमाडौं, चैत २७ : नेपाली सेनाले सशस्त्र प्रहरी बललाई १० हजार ६ सय थान हतियार दिने भएको छ । चैत २४ गतेको मन्त्रीपरिषद् निर्णय अनुसार सेनाले सशस्त्रलाई १० हजार ६ सय हतियार दिने प्रक्रिया सुरु गरेको हो।
जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रमका बीच प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई पहिलो चरणमा ५ सय इन्सास राइफल र लाइट सर्पोट वेपन (एलएसडब्लु) ९० थान हस्तान्तरण गरे।
सेनाले सशस्त्रलाई इन्सास राईफल ९ हजार तथा एलएसडब्लु १६ सय गरी १० हजार ६ सय थान हतियार दिनेछ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै उपरथी अशोक राज सिग्देल क्षेत्रीले यसबाट सुरक्षा निकायबीचको सम्बन्ध थप सुमधुर हुने र सशस्त्र प्रहरीको क्षमता अभिवृद्धिमा समेत सहयोग पुग्ने बताए।
प्रकाशित मिति: १९:०१ बजे, आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











