Kathmandu Press

मृत अवस्थामा फेला

काठमाडौं, चैत २७ : देशका विभिन्न भागमा चार जना मृत अवस्थामा फेला परेका छन् । रौतहटको गौर नगरपालिका १ क्रान्ति गेटस्थित प्रतिक्षालयमा नाम,...
मृत अवस्थामा फेला

काठमाडौं, चैत २७ : देशका विभिन्न भागमा चार जना मृत अवस्थामा फेला परेका छन् । रौतहटको गौर नगरपालिका १ क्रान्ति गेटस्थित प्रतिक्षालयमा नाम, थर, नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

नवलपरासी (पूर्व), मध्यविन्दु नगरपालिका ८ स्थित पानीको कुलोमा नाम, थर, नखुलेका अन्दाजी २७ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।

Hardik ivf

यस्तै नवलपरासी (पश्चिम), प्रतापपुर गाउँपालिका ९ गोबरकटवा गाउँस्थित उखुबारीमा नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

कैलाली, धनगढी उपमहानगरपालिका २ त्रिनगर भन्सार कार्यालय नजिक सडक छेउमा  नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परे ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: १८:४३ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्