Kathmandu Press

एमाले ढुंगाको काप फोडेर पनि सरकारमा आउँछ : ओली

काठमाडाैं, चैत २७ : एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका छन्।आइतबार काठमाडौंमा शिक्षक संगठनको...
एमाले ढुंगाको काप फोडेर पनि सरकारमा आउँछ : ओली

काठमाडाैं, चैत २७ : एमाले अध्यक्ष केपी ओलीले गठबन्धन सरकारका कारण मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका छन्।

आइतबार काठमाडौंमा शिक्षक संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले गठबन्धन सरकारका कारण मुलुकको अर्थतन्त्र धराशयी बनेको र मुलुक असफलतातर्फ जाने खतरा पैदा भएको आरोप लगाएका हुन्।

ओलीले सत्ता गठबन्धलाई अपराधी गठबन्धन भन्दै गठबन्धनले देशलाई बर्बादीतर्फ ढकेलेको र सबै मिलेर त्यसलाई रोक्नुपर्ने बताए।

उनले मुलुक अप्ठेरो अवस्थामा जाँदा पनि एमालेलाई सरकारबाट हटाउन पाइयो भनेर गठबन्धनमा आबद्ध दलहरु खुसी भएर बसेको तर्क गरे।

एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै अध्यक्ष ओलीले एमाले ढुंगाको काप फोडेर पनि सरकारमा आउने दाबी गरे।

उनले परमादेशबाट बनेको सरकार असंवैधानिक भएको दोहाेर्‍याए।

प्रकाशित मिति: १८:३९ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्