Kathmandu Press

निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई

माेरङ, चैत २७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताएका...
निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ : मुख्यमन्त्री राई

माेरङ, चैत २७ : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताएका छन्।

मोरङ व्यापार संघले सञ्चालनमा गरेको ‘विराट ट्रेड एक्स्पो’को आज समापन गर्दै उनले उद्योग स्थापनाका लागि सहज ढंगले नीतिनियम निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। मुख्यमन्त्री राईले मुलुकको समृद्धि कायम एवं रोजगार वृद्धिमा उद्यमीहरू लाग्नुपर्नेमा जोड दिँदै एक्स्पोले राष्ट्रिय पुँजी निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए।

उनले संघीय सरकारले विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माणका लागि बजेट निकासा गर्न प्रक्रिया सुरु गरेको जानकारी दिए। मुख्यमन्त्री राईले उद्योगी व्यापारीको चाहनाअनुसार यस क्षेत्रका लागि आवश्यक पर्ने प्रदर्शनीस्थलका निर्माणका लागि सबै पक्षबीच आवश्यक छलफल सुरु गर्ने बताए।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले तीन तहको सरकारको सहयोगमा विराटनगरमा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्नेमा जोड दिए।

नेकपा ९एमाले०का स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमूर्त अर्याल र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले एक्स्पोले यस क्षेत्रमा आर्थिक चलायमानमा सहयोग पुर्‍याएको बताए। 

संघीका अध्यक्ष नवीन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, नेपाल उद्योग परिसंघका भीम घिमिरे, सङ्घका पूर्वअध्यक्ष ताराचन्द खेतान र नेपाल पत्रकार महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरेले विराटनगरलाई पुनः दोस्रो ठूलो बनाउन सबैले आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याए।

एक्स्पोमा ३०० बिक्री कक्ष राखिएका थिए। स्वदेशी, भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका कृषि, घरेलु उत्पादन, खाद्य, लत्ताकपडा, साना र ठूलो उद्योगका उत्पादित वस्तुहरू बिक्री वितरणका लागि राखिएको थियो। एक्स्पोमा प्रदेश १, मधेस प्रदेश र छिमेकी भारतीय सहरका तीन लाख ५० हजार दर्शकहरूले अवलोकन गर्नाका साथै रु ४५ करोडको कारोबार भएको एक्स्पो संयोजक विकास वेगवानीले जानकारी दिए।

सो अवसरमा उद्घोष दैनिक, सृष्टि दैनिक र आर्थिक अभियानका सञ्चारकर्मी, उत्कृष्ट स्टल, एवं एक्स्पो निर्माण एवं सञ्चालनमा सहयोग पुर्‍याउनेलाई सम्मान गरियो।

प्रकाशित मिति: १७:५३ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्