Kathmandu Press

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडाैं, असोज २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक प्रमाणीकरण गरेकी छिन्।

राष्ट्रपति भण्डा....

राष्ट्रपति भण्डारीद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडाैं, असोज २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को दुवै सदनबाट पारित तीन विधेयक प्रमाणीकरण गरेकी छिन्।

राष्ट्रपति भण्डारीले शुक्रबार प्रशासकीय अदालतको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, वातावरण संरक्षणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
 
प्रकाशित मिति: १७:०८ बजे, शुक्रबार, असोज २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्