Kathmandu Press

सरकार गठबन्धन बचाउन केन्द्रित हुँदा अर्थतन्त्र धराशयी : खतिवडा

काठमाडाैं, चैत २७ : पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकार गठबन्धन बचाउन केन्द्रित हुँदा अर्थतन्त्र धराशयी बनेकोतर्फ ध्यान दिन नसकेको बताएका छन्।मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा...
सरकार गठबन्धन बचाउन केन्द्रित हुँदा अर्थतन्त्र धराशयी : खतिवडा

काठमाडाैं, चैत २७ : पूर्वअर्थमन्त्री युवराज खतिवडाले सरकार गठबन्धन बचाउन केन्द्रित हुँदा अर्थतन्त्र धराशयी बनेकोतर्फ ध्यान दिन नसकेको बताएका छन्।

मुलुकको आर्थिक अवस्थाका सम्बन्धमा आइतबार एमालेले काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्रोत नखुलेको सम्पत्ति अनुसन्धान गर्नुपर्नेमा त्यस्तो सम्पत्ति भित्र्याउन सरकार उद्यत भएको आरोप लगाए।

अर्थमन्त्रीले आफ्नो असफलता लुकाउन गर्भनरलाई निलम्बन गरेको भन्ने कुरामा शंका नरहेको उनको भनाइ थियो।

सरकारले गत शुक्रबार गभर्नर महाप्रसाद अधिकारी विभिन्न आरोप लगाएर हटाएको थियो। गभर्नर अधिकारीमाथि छानबिन गर्ने पूर्वन्यायाधीशको संयोजकत्वमा तीन सदस्यीय समिति पनि बनाएको छ। राष्ट्र बैंक ऐनअनुसार गभर्नरमाथि छानबिन थालिएपछि स्वतः निलम्बन हुने प्रावधान छ।

खतिवडाले अर्थतन्त्र गम्भीर संकटको मोडमा पुग्दा पनि सरकार सन्चो मानेर बसिरहेको बताए। सरकारको गलत आर्थिक नीतिका कारण पुँजीगत खर्चको लागत बढ्ने अवस्था आएको उनको भनाइ थियो।

नौ महिना वाणिज्य तथा आपूर्ति मन्त्री नहुँदा बजार नियमन हुन नसकेको पनि उनले बताए।  

 

प्रकाशित मिति: १६:५३ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्