थप चारजनामा कोरोना संक्रमण
काठमाडाैं, चैत २७ : नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३...
काठमाडाैं, चैत २७ : नेपालमा आइतबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार ८ सय पिसिआर परिक्षणका क्रममा ३ जना र ९ सय ४० एन्टिजेन परीक्षणका क्रममा १ जनामा कोरोना पुष्टि भएको हो।
कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप ४८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार २८ जना निको भएका छन्।
हाल नेपालमा ५ सय ९२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १६:३६ बजे, आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












