Kathmandu Press

अमेरिकी राजदूत बेरीले जनकपुर पुगेकाे तस्बिर राखेर दिए रामनवमीको शुभकामना

काठमाडौं, चैत २७ : नेपालका लागि अमेरिकी अमेरिकी राजदूत रेन्डी बेरीले रामनवमीको अवसरमा शुभकामना दिएका छन्।उनले आज (आइतबार) सामाजिक सञ्जालमार्फत जनकपुरधाम जानकी मन्दिरमा पुगेको...
अमेरिकी राजदूत बेरीले जनकपुर पुगेकाे तस्बिर राखेर दिए रामनवमीको शुभकामना

काठमाडौं, चैत २७ : नेपालका लागि अमेरिकी अमेरिकी राजदूत रेन्डी बेरीले रामनवमीको अवसरमा शुभकामना दिएका छन्।

उनले आज (आइतबार) सामाजिक सञ्जालमार्फत जनकपुरधाम जानकी मन्दिरमा पुगेको बेला खिचेका तस्बिरहरू सार्वजनिक गरेर रामनवमीको शुभकामना शुभकामना दिएका हुन्। ‘रामनवमी पर्वको धेरै धेरै शुभकामना,’ उनले ट्विटरमा लेखेका छन्।

Hardik ivf

अमेरिकी राजदूतावासले पनि आफ्नो आधिकारिक फेसबुक पेजबाट रामनवमीको शुभकामना दिएको छ।

‘आज रामनवमी पर्व मनाइरहनुभएका सबैजनामा हाम्रो धेरैधेरै शुभकामना,’ फेसबुकमा लेखिएकाे छ, 'यो अवसरले हामीलाई राजदूत बेरीले विभिन्न समयमा गर्नुभएको जनकपुर भ्रमणको मात्रै होइन, भगवान राम र सीताका विभिन्न कथालगायत सो सांस्कृतिक सहरको ऐतिहासिक र मौलिक पक्षहरूको सम्झना गराउँछ।’ 

प्रकाशित मिति: १६:३० बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्