Kathmandu Press

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको ऐतिहासिक उपलब्धि: गच्छदार

विराटनगर, असोज २४ :  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल ....

चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालको ऐतिहासिक उपलब्धि: गच्छदार

विराटनगर, असोज २४ :  नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले  चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणबाट नेपालले ऐतिहासिक उपलब्धि हासिल गर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग शुक्रबार संज्ञिप्त कुराकानी गर्दै उपसभापति गच्छदारले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल आउनुले सबै नेपालीलाई उत्साहित बनाएको बताए। चिनियाँ राष्ट्रपतिको भ्रमणले नेपाललाई सुखद अवसर प्राप्त हुने भन्दै गच्छदारले भ्रमणबाट कति उपलब्धि हासिल गर्न सकिन्छ भन्ने सरकारमा निर्भर रहने बताए।

उनले काठमाडौंबाट केरुङसम्म चल्ने रेलबाट नेपालले आर्थिक, व्यापारिक एवं पर्यटकीय लाभ लिने बताए। उनले संसारका दुई ठूला शक्तिशाली राष्ट्र चीन र भारतबाट नेपालले प्रशस्त लाभ लिन सक्नुपर्नेमा जोड दिए। तीव्र गतिमा विकसित भइरहेका यी देशहरुबाट नेपालले शिक्षा लिनुपर्ने तर्क गर्दै उपसभापति गच्छदारले नेपाली जनता लोकतन्त्रप्रति प्रतिबद्ध रहेकाले अरू कुनै प्रणाली स्वीकार नगर्ने स्पष्ट पारे। 

प्रकाशित मिति: १७:०४ बजे, शुक्रबार, असोज २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्