Kathmandu Press

एमालेले भन्याे- अर्थमन्त्रीको दबाबमा गभर्नर हटाइनु निन्दनीय (प्रेस विज्ञप्तिसहित)

काठमाडाैं, चैत २७ : नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको दबाबमा गभर्नर हटाइनु निन्दनीय कदम भएको बताएको छ।एमालेले आज (आइतबार) काठमाडाैंमा पत्रकार सम्मेलन गरेर...
एमालेले भन्याे- अर्थमन्त्रीको दबाबमा गभर्नर हटाइनु निन्दनीय (प्रेस विज्ञप्तिसहित)

काठमाडाैं, चैत २७ : नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको दबाबमा गभर्नर हटाइनु निन्दनीय कदम भएको बताएको छ।

एमालेले आज (आइतबार) काठमाडाैंमा पत्रकार सम्मेलन गरेर गभर्नर हटाउने निर्णय निन्दनीय भएको बताएको हो। पत्रकार सम्मेलनमा सार्वजनिक गरिएकाे विज्ञप्तिमा एमाले नेतृत्वको सरकार बाहिरिँदाखेरि र गठबन्धनको सरकार आएपछि देशको आर्थिक अवस्था कस्तो छ भनी तुलनात्मक विश्लेषण पनि गरिएकाे छ।

विज्ञप्तिमा भनिएको छ, ‘देश आर्थिक संकटको अवस्थामा रहँदा सरकारले सबै सरोकारवाला निकायसँग समन्वय गरी सहकार्य गर्ने र अर्थतन्त्र जोगाउनेतिर लाग्नुपर्ने थियो। तर गठबन्धन सरकारले आफ्नो नालायकीपन छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निलम्बन गरेको छ। तसर्थ, यो सरकारले प्रायोजित रूपमा गभर्नरमाथि शुरुगरेको कारबाही आपत्तिजनक मात्र नभई निन्दनीयसमेत छ।’

एमालेका तीन पूर्वअर्थमन्त्रीद्वारा हस्ताक्षरित विज्ञप्तिमा वित्तीय अपचलनको मतियार हुन नपाएको, निहित स्वार्थ समूहको व्यवसायिक स्वार्थ पूरा गर्न नपाएको, अर्थतन्त्र समाल्न नसकेको र अर्थमन्त्री फेर्नुपर्छ भन्ने चर्चा सत्ता गठबन्धनभित्रैबाट समेत उठिरहेको बेला अर्थमन्त्रीकै दबाबमा आफ्नो असफलता ढाक्न सरकारले गभर्नरलाई कारबाही गरिएको उल्लेख छ।

अघिल्लो सरकारबाट नियुक्त भएकै कारण व्यावसायिक रूपमा दक्ष र इमानदार राष्ट्रसेवकहरू यो सरकारका कोपभाजनमा परेको दाबी एमालेले गरेको छ। सरकारले अत्यन्त गैरजिम्मेवार ढंगले अहिले अर्थतन्त्रमाथि खेलवाड गरिरहेको आरोप एमालेले लगाएको छ।

अहिलेकाे सरकारले आर्थिक अध्यादेशमाथि खेलवाड गरेकाे, एमाले सरकारले ल्याएका लाेकप्रिय कार्यक्रम खारेज गरेकाे, सरकार स्वार्थसिद्धिमा लागेकाे, देशमा आर्थिक संकट आउँदा पनि चुप लागेर बसेकाे लगायत आराेप लगाएकाे छ।

प्रकाशित मिति: १५:०६ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्