Kathmandu Press

अर्थमन्त्री भाग्नुपर्ने अवस्था नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

मुलुकको अर्थतन्त्र र गभर्नर निलम्वनको विषयमा धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले श्रीलंकाको उदाहरण दिँदै भने– श्रीलंकामा अर्थमन्त्री भाग्ने रे भन्ने सुन्दै छु, कतै यो दिन त नआओस् नेपालमा।
अर्थमन्त्री भाग्नुपर्ने अवस्था नआओस् : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं, चैत २७ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्रकै कारण अर्थमन्त्री भाग्नुपर्ने अवस्था आउनसक्ने बताएका छन्।

मुलुकको अर्थतन्त्र र गभर्नर निलम्वनको विषयमा धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले श्रीलंकाको उदाहरण दिँदै भने– श्रीलंकामा अर्थमन्त्री भाग्ने रे भन्ने सुन्दै छु, कतै यो दिन त नआओस् नेपालमा।

उनले नेपालका नियामक निकायहरु बलियो र दह्रो भएको भए अर्थमन्त्रीलाई कारवाही गर्नसक्ने समेत बताए। विदेशबाट आएको रकममा छानविन गर्नुपर्ने भएपनि अर्थमन्त्रीले पत्र लेखेर छानविन गर्नुपर्दैन भनेर ठाडो आदेश दिएको सुन्नमा आएको बताउँदै उपाध्यक्ष पाण्डेले यही विषयलाई लिएर अर्थमन्त्रीलाई भित्र हाल्न सकिने बताए।  

‘अर्थमन्त्रीले लेखेर फलानका पैसा दे भनेर भन्नै मिल्दैन । त्यस्तो हो भने अर्थतन्त्रलाई नियमन गर्ने निकायले काम गर्न सक्दैन। यो एक प्रकारको क्राइम नै हुन्छ,’ उनले भने। 

उपाध्यक्ष पाण्डेले देशमा बजेट र मौद्रिक नीति आउने बेला हुन लागेको अवस्था र सिंगो अर्थतन्त्र नै संकटमा परेको अवस्थामा सरकारले गभर्नरलाई निलम्वन गर्नुको संकेत राम्रो नदेखिने बताए।

अर्थतन्त्र कमजोर हुँदै गएका कारण सरकार पुँजीगत खर्च गर्न नसक्ने अवस्थामा रहेको उनले बताए। ढुकुटीमा ३३ अर्ब मात्रै छ ठेकेदारहरुले ५० अर्बभन्दा बढी माग गरेका छन्, पुँजीगत खर्च बढ्ने हो भने पैसा दिन सक्ने अवस्थामा छैनौं, त्यसकारण खर्च रोक्नपुर्ने अवस्थामा छौं,’ उनले भने। 

उनले सरकारले दिएको ऋण अनुत्पादित क्षेत्रमा गएका कारण पनि अर्थतन्त्रमा टेवा पुग्न नसकेको बताएका छन्। ‘३ सय ७५ अर्बभन्दा बढी ऋण परवाह भएपनि त्यसबाट रोजगारी र आर्थिक उत्पादन किन हुन सकेको छैन ?’ उनको प्रश्न छ।

उनले विश्वबजारमा मुद्रास्फिती बढिरहेको अवस्थामा नेपालमा पनि यो वर्ष दोहोरो अंकले मुद्रास्फिती हुने खतरा रहेको बताए ।‘यूरोपियन क्षेत्रमा लगभग ६ अमेरिकामा ७.९ प्रतिशत मुद्रास्फिती छ। नेपालमा यो वर्ष मुद्रास्फिती दोहोरो अंकले बढ्ने देखिएको छ, यसतर्फ सरकारको कुनै चिन्ता छैन। चिन्ता गर्ने गभर्नरलाई हटाउने काम सन्देहास्पद छ,’ उनले भने। 

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्