Kathmandu Press

सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्या सुल्झाउनुपर्छ : सापकाेटा

काठमाडाैं, चैत २७ : सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन्।आइतबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७१औं...
सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्या सुल्झाउनुपर्छ : सापकाेटा

काठमाडाैं, चैत २७ : सभामुख अग्निप्रसाद सापकोटाले सरकार र निजी क्षेत्र मिलेर अर्थतन्त्रमा देखिएको समस्यालाई समाधान गर्नुपर्ने बताएका छन्।

आइतबार काठमाडौंमा नेपाल चेम्बर अफ कमर्सको ७१औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सभामुख सापकोटाले मुलुकको अर्थतन्त्रमा समस्या देखिएको भन्दै सरकार र नीजि क्षेत्रले बृहत छलफल र सम्वाद गरेर समाधान गर्नुपर्ने बताएका हुन्।

राष्ट्रिय जीवनका हरेक क्षेत्रमा देखिएका हरेक समस्याहरुलाई पनि संवादमार्फत समाधान गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै उनले आर्थिक समस्यालाई समाधान गर्न स्वदेशी उत्पादन बढाउनुपर्ने र आयात घटाउनुपर्ने धारणा राखे।

कार्यक्रममा बिभिन्न व्यवसायीहरुलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १४:३६ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्