Kathmandu Press

कलंकी-महाराजगञ्ज-चाबहिल सडक विस्तारको प्रस्ताव 

काठमाडौं, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा नेपालले कलंकी–महाराजगञ्ज–चाबहिल सडक विस्तार गर्न चीनसँग प्रस्ताव गर....

कलंकी-महाराजगञ्ज-चाबहिल सडक विस्तारको प्रस्ताव 
फाइल

काठमाडौं, असोज २४ : चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका क्रममा नेपालले कलंकी–महाराजगञ्ज–चाबहिल सडक विस्तार गर्न चीनसँग प्रस्ताव गर्ने भएको छ। 

सात अर्ब रुपैयाँ लागत अनुमान गरिएको परियोजनामा दुई पक्षीय सम्झौताको प्रस्ताव नेपालले तयार पारेको छ। पुरानै सम्झौता अनुसार पहिलो चरणको  कोटेश्वर–कलंकी निर्माण भइसके पश्चात दोस्रो चरणको कलंकी–महाराजगञ्ज सडकको काम अघि बढाउन दुई पक्षीय सम्झौता गर्र्न गरी प्रस्ताव तयार पारेको हो। 

हालसम्म नेपालले कलंकी–महाराजगञ्जसम्मको मात्रै तयारी गरेको थियो। तर अहिले चाबहिलसम्म निर्माणका लागि प्रस्ताव तयार पारिएको सडक विभागले जनाएको छ। यसअघि साउन महिनाको अन्तिमा चिनियाँ टोलीले अनुगमन गर्ने  भनिएपनि अहिलेसम्म उक्त अनुगमन  गरिएको छैन।

Hardik ivf

राष्ट्रपति सी भ्रमणको मौका छोपेर नेपालले उक्त प्रस्ताव पेश गर्न लागेका हुन्। जसका चिनियाँ पक्ष पनि सहमत भइसकेको विभागका वैदेशिक परियोजना महाशाखाका निर्देशक अर्जुन थापाले जानकारी दिए। 

उनका अनुसार विगतमा चिनियाँ अनुगमनपछि मात्रै अघि बढाउने भनिए पनि  अहिले राष्ट्रपतिको भ्रमणमा सम्झौता गर्नेगरी प्रस्ताव तयार पारेको हो।

‘चिनियाँ लगानीमा हुने भएकाले यसअघि महाराजगञ्जसम्म मात्रै भनिए पनि अहिले चाबहिलसम्म विस्तार गर्नेगरी दुई पक्षीय छलफल भएको छ,’ निर्देशक थापाले भने। गत फागुनमात्रै निर्माण सम्पन्न भएको कलंकी–सातदोबाटो–कोटेश्वर खडकखण्डको १० किमि सडक विस्तार गरेको चिनियाँ कम्पनी सांघाई कन्स्ट्रक्सन ग्रुपले नै कलंकी–महाराजगञ्ज–चाबहिल सडक निर्माणको काम गर्नेछ।

सडक विस्तारपछि चक्रपथको खण्ड आठ लेनको हुनेछ। जसमा हाल दुई लेनको सडकको छेउमा २-२ लेन हुनेछन्। फुटपाथ पनि हुनेछन् भने साइकललेन समेत तयार हुनेछ।  

चाबहिलदेखि कोटेश्वरसम्म सडक विस्तारमा भने हालसम्म कुनै पनि निर्णय गरिएको छैन। चाबहिलदेखि गौशालासम्म धेरै घर भत्काउनु पर्ने भएकाले मुआब्जामा समस्या आउने देखेर सरकारले हालसम्म कुनै पनि निर्णय गरेको छैन।

सडक विभागले चाबहिलदेखि गौशालासम्म फ्लाइ ओभर बनाउन सकिने प्रारम्भिक प्रस्ताव यसअघि गरेको थियो। 
 

प्रकाशित मिति: १६:४९ बजे, शुक्रबार, असोज २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्