नेपाली सेनाले सशस्त्र प्रहरीलाई दियाे ५९० नाल हतियार
काठमाडाैं, चैत २७ : नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ५९० नाल हतियार र सोको एम्युनिसन सामग्री प्रदान गरेको छ।आइतबार सैनिक मुख्यालयमा आयोजित...
काठमाडाैं, चैत २७ : नेपाली सेनाले सशस्त्र प्रहरी बल नेपाललाई ५९० नाल हतियार र सोको एम्युनिसन सामग्री प्रदान गरेको छ।
आइतबार सैनिक मुख्यालयमा आयोजित कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाललाई इन्सास राइफल ५ सय नाल र एलएसडब्लु ९० नाल र सोको एम्युनिसन सामग्री हस्तान्तरण गरेकाे हो।
सशस्त्रलाई नेपाललाई तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठुला कार्यक्रमहरु सञ्चालन गर्ने प्रयोजनका लागि सरकारको निर्णयअनुसार उक्त हतियार हस्तान्तरण गरिएको हो।
मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाले सहयोग स्वरुप इन्सास राइफल ९ हजार र एलएसडब्लु १ हजार ६ सय नाल हतियार उपलव्ध गराउनेछ।
बाँकी हतियार तथा एम्युनिशन क्रमशः हस्तान्तरण गरिँदै लगिने सैनिक प्रवक्ता नारायण सिल्वालले जानकारी दिए।
यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुका साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत थप बलियो हुने सेनाले जनाएको छ।

















