एकिकृत समाजवादीका कञ्चनपुर जिल्ला उपाध्यक्ष एमालेमा फर्किए

काठमाडौं, चैत २७ : नेकपा (एकिकृत समाजवादी) का कञ्चनपुर जिल्ला उपाध्यक्ष रवीन्द्र कुँवर नेकपा एमालेमा फर्किएका छन्। आइतबार एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले कुँवरलाई पार्टीमा स्वागत गरेका छन्।
एमाले विभाजनपछि कुँवर एकीकृत समाजवादी पार्टीमा लागेका थिए। पार्टीले उनलाई कञ्चनपुर जिल्लाको उपाध्यक्ष बनाएको थियो ।
उनीसँगै एमाले फर्किने नेता कार्यकर्ताहरुलाई आइतबार आयोजना हुने विशेष कार्यक्रममा बीच पार्टीमा स्वागत गर्ने तयारी एमालेले गरेको छ।
प्रकाशित मिति: १३:०७ बजे, आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











