नोवेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अलीलाई
काठमाडौं, असोज २४ : यस बर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ।
शान्ति प्राप्ति र अन्तर्र....
काठमाडौं, असोज २४ : यस बर्षको नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री आबी अहमद अलीलाई प्रदान गरिने भएको छ।
शान्ति प्राप्ति र अन्तर्राष्ट्रिय सहकार्यू जुटाउन उनले गरेको योगदानको आधारमा नोवेल पुरस्कार प्रदान गरिने भएको हो।
सन् १९९८ देखि २००० सम्म चलेको सीमा युद्धपछि २० वर्ष लामो सैनिक गतिरोध अन्त्य गर्दै इथियोपिया र इरिट्रियाबीच गत वर्ष शान्ति सम्झौता भएको थियो।
नर्वेको ओस्लोमा १०० औँ नोबेल शान्ति पुरस्कार छनोट समितिले आबी अहमदको नाम शान्ति पुरस्कारमा घोषणा गरेको हो ।
यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि ७८ वटा सङ्घसंस्था र २ सय २३ जना व्यक्तिहरू सहित ३ सय १ को मनोनयन परेको थियो।
आउँदो डिसेम्बरमा ओस्लोमा विजेतालाई करिब नौ लाख अमेरिकी डलरको पुरस्कार प्रदान गरिनेछ।






