Kathmandu Press

बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

भक्तपुर, चैत २७ : ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै सद्भाव  र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना...
बिस्का जात्रालाई शान्तिपूर्ण बनाउन सद्भाव र्‍याली

भक्तपुर, चैत २७ : ऐतिहासिक एवं सांस्कृतिक बिस्का जात्रा शान्तिपूर्ण, मर्यादित र सुरक्षित ढंगले मनाउन आह्वान गर्दै सद्भाव  र्‍याली तथा जनचेतना कार्यक्रम आयोजना गरिएको छ।

भक्तपुर नगरपालिकाले आज आयोजना गरेको सद्भाव र्‍याली दत्तात्रयबाट सुरु भएर गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुगेको थियो भने दूधपाटीबाट सुरु भएको अर्को  र्‍याली भार्वाचो, टेखापुखु, नासमना, बुलुँचाहुँदै टौमढी पुगेर सभामा परिणत भएको थियो। 

 र्‍यालीमा नगरपालिकाका  प्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रतिनिधि, विद्यालय, कलेज, टिम क्लब खेलकुद समिति, सुरक्षाकर्मी, प्रहरी, रेडक्रस, स्काउट, सांस्कृतिक समूह र स्थानीय जनताको सहभागिता रहेको थियो।

र्‍यालीपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले प्रसिद्ध बिस्का जात्रा सहज रुपमा सम्पन्न गर्न सरोकारवाला निकायले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

'विश्वमै बिस्का जात्राको विशेष महत्व भएकाले हेर्न आउने सबैलाई सभ्य, भव्य र सुरक्षित रुपले  जात्रा सम्पन्न गर्न आग्रह गर्दछु,' उनले भने। 

नगर प्रमुख सुनिल प्रजापतिले बिस्का जात्रालाई सफलरुपमा सम्पन्न गर्न सबैको संयुक्त प्रयास जरुरी रहेको बताउँदै जात्रा अवधिभर उच्छृङ्खल गतिविधि हुन नदिन सबैजना सचेत हुनुपर्नेमा जोड दिए।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भक्तपुरको गौरव बढाउने बिस्का जात्रामा आवश्यक शान्तिसुरक्षाको व्यवस्था मिलाइने प्रतिबद्धता जनाउँँदै जात्रालाई विगतको भन्दा अझ व्यवस्थित र अनुशासितरुपमा सम्पन्न गर्न सबैको सहयोग रहने अपेक्षा गरे।

प्रकाशित मिति: १२:३० बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्