सुनको मूल्य तोलाको एक लाख नाघ्यो
काठमाडाैं, चैत २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. १ लाख ३०० पुगेको छ।अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ५००...
काठमाडाैं, चैत २७ : सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु. १ लाख ३०० पुगेको छ।
अघिल्लो दिन प्रतितोला रु. ९९ हजार ५०० मा कारोबार भएको सुन आज (आइतबार) प्रतितोला रु. ८०० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु. ९९ हजार ८०० कायम भएको छ। यसको मूल्य शुक्रबार प्रतितोला रु. ९९ हजार थियो।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १० ले बढेर १ हजार ३६५पुगेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ महासङ्घले दैनिक कारोबार मूल्य तोक्दै आएको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस रु एक हजार ९४७ डलर आसपास कारोबार भइरहेको छ।
प्रकाशित मिति: १२:२३ बजे, आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











