मुलुकको अर्थतन्त्र र गभर्नर निलम्बनबारे एमालेले धारणा सार्वजनिक गर्दै
काठमाडौं, चैत २७ : नेकपा एमालेले मुलुकको आर्थिक अवस्था र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्वन बारे धारणा सार्वजनिक गर्ने भएको छ। एमाले...
काठमाडौं, चैत २७ : नेकपा एमालेले मुलुकको आर्थिक अवस्था र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले गरेको निलम्वन बारे धारणा सार्वजनिक गर्ने भएको छ।
एमाले प्रचार विभाग प्रमुख विष्णु रिजालले एमालेका पूर्वअर्थमन्त्रीहरु सुरेन्द्र पाण्डे, विष्णु पौडेल र डा. युवराज खतिवडाले संयुक्त पत्रकार सम्मेलनमार्फत देशको आर्थिक अवस्थाबारे धारणा सार्वजनिक गर्ने जानकारी दिएका छन्।
उनका अनुसार मध्याह्न साढे १२ बजे कोपुन्डोलस्थित होटल हिमालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ।
एमालेले सरकारले गभर्नरलाई निलम्वन गरेर आफ्नो कमजोरी लुकाउन खोजको आरोप लगाउँदै आएको छ।
प्रकाशित मिति: १०:५५ बजे, आइतबार, चैत २७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











