Kathmandu Press

पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त 

काठमाडौं, चैत २७ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। खानविरुद्धको अविश्वास प्रस्तावको पक्षमा १७४ जना सांसदले मतदान गरेका थिए। प्रस्ताव...
पाकिस्तानी प्रधानमन्त्री इमरान खान पदमुक्त 

काठमाडौं, चैत २७ : पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ। खानविरुद्धको अविश्वास प्रस्तावको पक्षमा १७४ जना सांसदले मतदान गरेका थिए। प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री खान पदमुक्त भएका छन्। 

यसअघि प्रधानमन्त्री खानविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्ताव सभामुखले खारेद गरिदिएका थिए। प्रस्ताव खारेज भएलगत्तै प्रधानमन्त्री खानले संसद  विघटन गरी निर्वाचन घोषणा गरेका थिए। 

Hardik ivf

तर, प्रतिपक्षी दलका नेताहरु प्रधानमन्त्रीको कदमको विरोध गर्दै सर्वोच्च अदालत पुगेका थिए। सर्वोच्चले प्रधानमन्त्रीको निर्णय उल्टाइदिएपछि अविश्वास प्रस्तावमा मतदान गर्ने बाटो खुलेको थियो। 

लगत्तै भएको मतदानमा बहुमत सांसदहरुले प्रस्तावको पक्षमा मतदान गरेपछि खान प्रधानमन्त्री बाट पदमुक्त भएका थिए। प्रधानमन्त्री खान पदमुक्त भएपछि पाकिस्तानी विपक्षी दलहरुले देशमा संविधान र कानुनको जित भएको भन्दै खुशीयाली मनाएका छन्। विपक्षी दलका नेताहरुले खानको बहिर्गमनसँगै पाकिस्तान पुरानो पाकिस्तानमा फर्किएको अभिव्यक्ति दिँदै भनेका छन्– पुरानो पाकिस्तानमा सबैलाई स्वागत छ।’

प्रकाशित मिति: १०:०७ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्