शिक्षकलाई पर्याप्त सुविधा दिन प्रतिबद्ध छौं: मन्त्री पौडेल
कांभ्रे, चैत २७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन सरकार कटिबद्ध रहेको बताएका छन्।एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा...
कांभ्रे, चैत २७ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकलाई पर्याप्त सेवासुविधा दिन सरकार कटिबद्ध रहेको बताएका छन्।
एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा बाह्रबिसे नगरपालिका–३, खुर्बासानी बजारमा आयोजित दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षकलाई सम्मान गरे मात्रै शिक्षा क्षेत्र सुधारिने बताए। सिन्धुपाल्चोकलगायत केही नमूना विद्यालयको उदाहरण दिँदै उनले यस्तै शैक्षिक संस्था बनाउनुपर्नेमा जोड दिए।
त्यहाँ उपस्थित शिक्षकको गुनासो सुन्दै शिक्षामन्त्री पौडेलले देशभरको शिक्षकको गुनासो सुनेर आवश्यक पहलकदमी लिने प्रतिबद्धता ब्यक्त गरे। एकै प्रकृतिका शिक्षक हुनुपर्ने, राहत शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरी आन्तरिक प्रतिस्पर्धा गरी स्थायी गरिनुपर्ने र उमेर हद पुगेका शिक्षकको सम्मानलगायत माग शिक्षामन्त्री सामु राखिएको थियो।
शिक्षामन्त्री पौडेलले विद्यालय समयभित्र राजनीति नगर्न आग्रहसमेत गरे।












