Kathmandu Press

काठमाडौंसहित विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २७ : स्थानीय तथा पश्चिमी वायुको प्रभावले काठमाडौंलगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।जल तथा मौसम विज्ञान विभागको...
काठमाडौंसहित विभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौं, चैत २७ : स्थानीय तथा पश्चिमी वायुको प्रभावले काठमाडौंलगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

Hardik ivf

आज दिउसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, आज राति प्रदेश १ र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाको अनुमान छ।

प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।

प्रकाशित मिति: ०८:०७ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्