Kathmandu Press

माझीफेदाका ६७९ घरमै धारा

काभ्रे, चैत २७: काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुशी छन्।  गाउँभरिमा एउटा धारा हुँदा पानी...
माझीफेदाका ६७९ घरमै धारा

काभ्रे, चैत २७: काभ्रेपलाञ्चोकको कोसीपारिस्थित चौँरीदेउराली गाउँपालिका–३ सलम्बुका ङेमादोर्जे लामा आफ्नै आँगनमा खानेपानी धारा आएपछि औधी खुशी छन्।  गाउँभरिमा एउटा धारा हुँदा पानी थाप्ने भनेर विगतमा हानाथाप हुने गर्दथ्यो। आँगनमै धाराबाट पानी आउन थाल्यो, उनले भने।

सोही वडाका दमाराका मानबहादुर घिसिङले यसअघि १५ दिनमा एकपटक पानी आउने गरेकामा अहिले घरघरमै धारा आएपछि निकै सहज भएको बताए। यसअघिको भन्दा अहिलेको खानेपानी आयोजनाले गाउँमा नयाँ उमङ्ग थपेको स्थानीय बासिन्दा बताउँछन्। एक घर एक धारा आयोजना सम्पन्न भएर पानी उपभोग गर्न पाएसँगै गाउँका दुई जनाले रोजगारसमेत पाएका छन्।

Hardik ivf

गाउँमा पानीको समस्या समाधान गरेर वडाले आफ्नो दायित्व पूरा गरेको चौंरीदेउरालीका ३ का वडाध्यक्ष विनोद घिसिङले जानकारी दिए।

चौँरीदेउराली गाउँपालिका अध्यक्ष दीननाथ गौतमले पालिका स्थापना भएपछि आयोजनाको प्राथमिकताका आधारमा काम गर्दै आएको र तीमध्ये खानेपानीलाई पहिलो प्राथमिकतामा राखेको बताए। सिङ्गो गाउँपालिकालाई नै खानेपानी समस्यामुक्त पालिका घोषणा गर्ने लक्ष्यअनुरुपमा काम भइरहेको उनले बताए।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री रत्न ढकालले चौँरीदेउरालीले अगाडि सारेको ‘एक घर, एक धारा’ अभियान पूर्णता पाउने अवस्थामा पुगेको बताए। वडा नं १ मा पानीको मुहान नै भएकाले धेरै नै पूरा भइसकेको, वडा नं २ नाग्रेगगर्चेमा लिफ्टिङको आयोजना अगाडि बढिरहेको, वडा नं ४, ५ र ६ को लागि चौँरीखोला लिफ्टिङ खानेपानी आयोजनाको काम सञ्चालन भइरहेको तथा वडा नं ७ मादनकुँडारीमा खानेपानी र सिँचाइ दुवैलाई हुने गरी चाँैंरीखोला मादनकुँडारी लिफ्टिङ खानेपानी आयोजना सञ्चालन भइरहेको उनले जानकारी दिए।

खानेपानीसँगै प्रदेश सरकारले प्राविधिक शिक्षा, सडक र अन्य भौतिक पूर्वाधार विकासका काममा आवश्यक बजेट व्यवस्थापन गरी जनताको आवश्यकता पूर्ति गर्न लागिरहेको बताए। (रासस)

प्रकाशित मिति: ०७:५३ बजे, आइतबार, चैत २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्