Kathmandu Press

सात वुँदे घोषणा पत्र जारी गर्दै सकियो नेशनल युथ फोरम 

सात वुँदे घोषणा पत्र जारी गर्दै सकियो नेशनल युथ फोरम 

काठमाडौं, चैत २६ : राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको नेशनल युथ फोरम सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ ।

सहकारी मार्फत युवा उद्यमशीलता वृद्धि गर्ने उद्देश्यले शुक्रबारबाट राजधानीमा शुरु भएको फोरमकोे सात वुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो ।  

जसमा सहकारीमा युवाहरुको अर्थपूर्ण सहभागिता तथा उद्यमशिलता वृद्धिका लागि विद्यमान कानुनहरुको संसोधन र विनियम तथा आन्तरिक कार्यविधिहरुको परिमार्जन गरी अनुकूल वातावरण निर्माणका लागि संयुक्त पहल कदमी गर्ने, युवाहरुलाई उद्यमशिलताका लागि प्रेरित गर्नसहकारी संघ संस्थामा युवा समन्वय उपसमिति गठन गरी युवा लक्षित कार्यक्रमहरु सञ्चालन गर्ने लगायत रहेका छन् । 

सहकारी संघ संस्थाको बस्तु तथा सेवालाई प्रतिस्पर्धी बनाउन सहकारी शिक्षा तथा नविनतम प्रविधिको प्रयोगमा व्यापकता ल्याउने  र सहकारी युवा उद्यमशिलतालाई व्यापक बनाउन र उत्पादन तथा उत्पादकत्व बृद्धि, एवं रोजगारी सृजना गर्न सार्वजनिक, निजी र सहकारी साझेदारी मोडेललाई प्रभावकारी वनाउने लक्ष्य फोरमले लिएको छ ।  

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्षमिनराज कंडेलले सहकारी अभियानमार्फत युवाहरुलाई उद्यमशिलता जोड्न सके समृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने धारणा राखे । उनले सहकारी मार्फत उद्यमशिलताको विकास गर्न एक जुट भएर युवा सहकारीकर्मीहरु जुट्नुपर्नेमा जोड पनि दिए ।

फोरममा देशका सातै प्रदेशका प्रतिनिधि सहित देशभरका दुई सय पचास सहकारीका सञ्चालक, युवा उद्यमीहरु र प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: २०:५५ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्