दोश्रो वार्षिकोत्सबको अवसरमा ग्यापुमा ८० प्रतिशत सम्म छुट
काठमाडौं, चैत २६ : कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक...
काठमाडौं, चैत २६ : कोभिड कहरका कारण भएको पहिलो लकडाउनको विषम परिस्थितिमा उपभोक्तालाई भिडभाडमा जानुपर्ने अवस्थाको अन्त्य गर्दै तरकारी, फलफूल, खाद्यान्न लगायत अत्यावश्यक बस्तुको नि:शुल्क होम डेलिभरी गर्दै सुरु भएको ग्यापु मार्केटप्लेस दुई बर्ष पूरा गरि तेस्रो बर्षमा प्रवेश गरेको छ ।
कोभिडको त्रसित माहोलमा यात्रा सुरु गर्नु पक्कै पनि सहज थिएन’ ग्यापुका सँस्थापक एवं सिइओ ज्ञानेन्द्र खड्का भन्छन् ‘सजिलो नभए पनि उपभोक्तालाई सुबिधा दिने हाम्रो प्रणमा हामी रोकिएनौं र निरन्तर अगाडी बढ्यौं।’
ग्यापुको सफलताको श्रेय आफ्ना ग्राहक, भेन्डर र दिन रात नभनि कोभिड कहरको समयमा पनि निरन्तर खट्ने कर्मचारी र होस्टेमा हैंसे गर्ने सञ्चारकर्मीलाई जाने खड्का बताउँछन् । वार्षिकोत्सबको अवसरमा ग्यापुले ग्यापुभर्सरि अनलाइन मेला आयोजना गर्ने भएको छ। चैत २५ देखि बैशाख २ गतेसम्म चल्ने आठ दिने महामेलामा ग्राहकले पाँच हजार वटा भन्दा बढि किसिमका दैनि उपयोगि सामाग्री खरिद गर्न सक्ने कम्पनीले बताएको छ।
मेलामा सामाग्री खरिद गर्ने ग्राहकले अधिकतम ८० प्रतिशत सम्म छुट पाउन सक्ने बताइएको छ। कम्पनीका अनुसार मेलामा ११ वटा भन्दा बढि प्रकार, २० वटा भन्दा बढि ब्राण्डहरुका सामाग्री राखिएको छ। कम्पनीले ग्यापु ग्रेटेस्ट गिभ अवेरफ्री ग्रेटेस्ट गिभ अवे अन्तर्गत १५ वटा ब्राण्ड राखेको छ।












