Kathmandu Press

निर्वाचन आयोगको भूमिका निष्पक्ष होस् : अध्यक्ष ओली

काठमाडौं, चैत २६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन् ।एमालेले राजधानीमा आयोजना गरेको कार्यक्रममा...
निर्वाचन आयोगको भूमिका निष्पक्ष होस् : अध्यक्ष ओली

काठमाडौं, चैत २६ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगको भूमिका निष्पक्ष हुनुपर्ने बताएका छन् ।

एमालेले राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, “निर्वाचन आयोगले निष्पक्ष भएर भूमिका खेलोस्, दलहरूको सुझावमा चलोस्, हामी निष्पक्ष निर्वाचन आयोग हेर्न चाहन्छौँ ।” उनले आयोगले जारी गरेको आचारसहिंता कडाइका साथ पालना गर्न पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

“आचारसहिंताको कहीँ कमी कमजोरी नरहने गरी गतिशील ढङ्गले पालना गर्न आग्रह गर्दछु”, उनले भने, “हाम्रो पार्टी कानूनी राजको पालना गर्ने पार्टी हो तर जे गरे पनि बोल्न नसक्ने भने पार्टी भने होइन ।” उनले राजनीतिक दलसँग परामर्श नगरीकन निर्वाचन आयोगले आचारसहिंता लागू गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, “निर्वाचन आचारसहिंता सबैले मान्नुपर्दछ तर आचारसहिंता लागू गर्ने विषयमा हामीसँग निर्वाचन आयोगले सल्लाह पनि गरेन ।”

एउटा पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गर्ने सामान्य कुरा मात्र होइन, देशलाई सुशासन लैजाने, विकासको लहर अगाडि बढाउने र देशलाई समृद्धि नेपाली र सुखी नेपालीको आकाङ्क्षा सफल बनाउने अभियानमा सरिक हुने विषय रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: २०:२५ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्