Kathmandu Press

पर्यटन व्यवसाय फस्टाउँदो छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, चैत २६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदै गएको बताएका छन् ।उनले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको...
पर्यटन व्यवसाय फस्टाउँदो छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं, चैत २६ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदै गएको बताएका छन् ।

उनले धार्मिक, भौगोलिक र शैक्षिक पर्यटनको गतिविधि बढेकाले नेपालमा कल्पना गरेभन्दा बढी पर्यटक आउने सम्भावना रहेको बताएका हुन् । चैते दशैँको दिन बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले बागलुङमा आज आयोजना गरेको चैतेदशैँ मेलामा अध्यक्ष तिमिल्सिनाले धार्मिक पर्यटकको सम्भावना नेपालमा बढेर गएको उल्लेख गरे । बागलुङ कालिका, लामो झोलुङ्गे पुल, मुक्तिनाथलगायत क्षेत्रमा पर्यटकको चाप अत्यधिक रहेको उनको भनाइ छ ।

“चैतेदशैँ बागलुङको पहिचानमात्रै नभएर नेपालकै पहिचान बनिसक्यो, अहिले कालिका मन्दिरमा टेक्ने ठाउँ छैन”, अध्यक्ष तिमिल्सिनाले भने, “अब नेपालमा कल्पना गरेभन्दा बढी पर्यटकीय गतिविधि हुनेछ ।” उनले रामरेखाबाट अदुवाबारी जोड्ने लामो झोलुङ्गे पुलका कारण बागलुङ र पर्वतको पहिचान अन्तर्राष्ट्रियकरण भएको बताए ।

उनले ढोरपाटन, पञ्चकोट, शालग्राम सङ्ग्रहालय, कालिका मन्दिर र पञ्चकोटका कारण बागलुङमा दिनानुदिन पर्यटकीय गतिविधि बढिरहेको बताउँदै यहाँ सुविधाका लागि होटल, सुरक्षालगायत संरचना बढाउँदै लैजानुपर्नेमा जोड दिए । आगमी स्थानीय तहको निर्वाचनमा निष्पक्ष, भयरहित र चाहेको व्यक्तिलाई भोट हाल्ने वातावरण बनाउन सरकार, राजनीतिक दल र सुरक्षा निकायले ध्यान दिनुपर्नेमा उनको जोड थियो ।

तिमिल्सिनाले जननिर्वाचित व्यक्ति सत्ता र शक्तिका लागि मरिमेट्न थालेको बताउँदै जनप्रतिनिधिले जनताको हितमा काम गर्नुपर्ने उल्लेख गरे । 

प्रकाशित मिति: १९:१९ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्