Kathmandu Press

थारु पत्रकार संघ अध्यक्षमा प्रदीपकुमार लेखी

काठमाडौं, चैत २६ : थारु पत्रकार संघकाे पाँचौं राष्ट्रिय महाधिवेशनले प्रदीपकुमार लेखीकाे अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ।नवलपुरको अमलटारीमा सम्पन्न महाधिवेशनले लेखीको नेतृत्वमा २५...
थारु पत्रकार संघ अध्यक्षमा प्रदीपकुमार लेखी

काठमाडौं, चैत २६ : थारु पत्रकार संघकाे पाँचौं राष्ट्रिय महाधिवेशनले प्रदीपकुमार लेखीकाे अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन गरेकाे छ।

नवलपुरको अमलटारीमा सम्पन्न महाधिवेशनले लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हाे।

Hardik ivf

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा सन्तकुमार चौधरी, प्रदेश १ उपाध्यक्षमा कुलदीप चौधरी, मधेस उपाध्यक्षमा प्रतिमा चौधरी, बागमती उपाध्यक्षमा किशोर चौधरी, एशोसिएट उपाध्यक्षमा सहदेव चौधरी र लुम्बिनी उपाध्यक्षमा सञ्जु चौधरीलाई चयन गरेकाे छ।

कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्ष भने पछि मनोनित गर्ने जनाइएको छ।

यस्तै महासचिवमा लक्ष्मी चौधरी र उपमहासचिवमा विजय चौधरी चुनिएका छन्। सचिव (महिला) मा दीपशिखा चौधरी, सचिव (पुरुष) मा लीलानाथ गच्छदार र कोषाध्यक्षमा कारी महतो बनेका छन्।

केन्द्रीय सदस्यहरूमा सबी चौधरी, धीरेन्द्र चौधरी, मनोज चौधरी, दिनेशकुमार चौधरी, राज चौधरी, जनक चौधरी, नवीन चौधरी, सुमित्रा चौधरी सर्वसम्मत चयन भएका छन्। नवगठित कार्यसमितिले दुईजना थप सदस्य मनोनीत गर्ने व्यवस्था रहेकाे जनाइएकाे छ।

प्रकाशित मिति: १८:३८ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्