सुदूरपश्चिम सरकार पुनर्गठनप्रति जसपाकाे आपत्ति, गठबन्धनबाट बाहिरिने चेतावनी

धनगढी, चैत २६ : सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनप्रति जनता समाजवादी पार्टी (जसपा) ले आपत्ति जनाएको छ।
सत्तारुढ गठबन्धनमा आबद्ध दल भए पनि सरकार पुनर्गठनमा आफूलाई बेवास्ता गरेको भन्दै जसपाले आपत्ति जनाएको हो।
गठबन्धनका अन्य दल जसपालाई अपमान गर्न उद्यत बनेको र केन्द्रीय सहमतिअनुसार अगाडि नबढेको आरोप जसपाले लगाएको छ।
यस्तै अवस्था रहिरहे गठबन्धनबाट बाहिरिने चेतावनीसमेत सो पार्टीले दिएको छ।
जसपा प्रदेश समिति अध्यक्ष कृष्णकुमार चौधरीले आफूहरुलाई बाइपास गरिएकाले गठबन्धनमा नरहने स्थिति आउन सक्ने बताए।
शुक्रबार सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठन गरिएको थियो। उक्त सरकामा कांग्रेस सहभागी हुँदा आफूहरुलाई बेवास्ता गरेको जसपाले बताएके छ।
सुदूरपश्चिममा जसपाका एक प्रदेशसभा सदस्य छन्।
प्रकाशित मिति: १८:३६ बजे, शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











