Kathmandu Press

हनुमानढोका दसैंघरमा बलिसहित पूजा

काठमाडाैं, चैत २७ : चैतेदसैंका अवसरमा हनुमानढोका दरबारको दसैंघरमा बलिसहित पूजा गरिएको छ।प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैंघरमा चैतेदसैंका दिन पनि बलिसहित पूजा गर्ने...
हनुमानढोका दसैंघरमा बलिसहित पूजा

काठमाडाैं, चैत २७ : चैतेदसैंका अवसरमा हनुमानढोका दरबारको दसैंघरमा बलिसहित पूजा गरिएको छ।

प्राचीनकालदेखि नै हनुमानढोका दरबारको दसैंघरमा चैतेदसैंका दिन पनि बलिसहित पूजा गर्ने गरिएको छ।

हनुमानढोकाको मूलचोकमा ५४ बोका र ५४ राँगाको बलिसहित पूजा गरिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए। यसैगरी दशैँ घरमा नौवटा बोकाको बलिसहित पूजा गरिएको उनले सुनाए।

चैत्र शुक्ल प्रतिपदादेखि नै हनुमानढोकास्थित दशैँ घरमा विशेष पूजा र दुर्गा सप्तशती (चण्डी) पाठ गरिएको छ।

चैतेदसैंमा भने यो क्रम चैत्र शुक्ल अष्टमीकै दिन समापन गर्ने परम्परा रहेको छ। २०६३ सालसम्म नारायणहिटी राजदरबारअन्तर्गत रहेको हनुमानढोकाको दसैंघर त्यसपछि भने संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय मातहत छ।

प्रकाशित मिति: १८:२६ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्