पत्रकार पाण्डेलाई रिहा गर्न अधिकारवादीको माग
काठमाडाैं, चैत २६ : संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न संघसस्थाले माग गरेका...काठमाडाैं, चैत २६ : संयुक्त अरब इमिरेट्स (युएई) मा थुनामा परेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहा गर्न अधिकारवादी विभिन्न संघसस्थाले माग गरेका छन्।
काठमाडौँको माइतीघर मण्डलामा उनीहरूले आज विरोध प्रदर्शन गर्दै पत्रकार पाण्डेलाई तत्काल रिहा गर्न माग गरेका हुन्।

युथ कंग्रेस नेपालले आयोजना गरेको प्रदर्शनमा नेपाल पत्रकार महासङ्घ, एम्नेस्टी इन्टरनेशन नेपाल, युनिमी नेपाललगायतले ऐक्यबद्धता जनाएका थिए।
विरोधसभामा महासंघका अध्यक्ष विपुल पोखरेलले सामाजिक सञ्जालमा लेखेकै आधारमा पत्रकार पाण्डेलाई थुनिएको आरोप लगाए।
प्रकाशित मिति: १८:१३ बजे, शनिबार, चैत २६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











