Kathmandu Press

एमालेले मदन भण्डारीकाे नाम दुरुपयोग गरेकाे छ : नेपाल

काठमाडौं, चैत २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले मदन भण्डारी नामको दुरुपयोग गरेकाे आरोप लगाएका छन्। नेता भण्डारीले प्रतिपादन गरेको राजनीतिक सिद्धान्त...
एमालेले मदन भण्डारीकाे नाम दुरुपयोग गरेकाे छ : नेपाल

काठमाडौं, चैत २६ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेले मदन भण्डारी नामको दुरुपयोग गरेकाे आरोप लगाएका छन्। 

नेता भण्डारीले प्रतिपादन गरेको राजनीतिक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) को पनि एमालेले गलत रूपमा प्रयोग गरिरहेको उनले बताएका छन्।

पार्टीद्वारा आज (शनिबार) काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘एमालेले मदन भण्डारीका नामको दुर्नाम गरिरहेको छ। जबजको मान्यतामा कुठाराघात गरिरहेको छ।’

उनले एमालेमा रहेका इमानदार नेताहरू आफ्नो पार्टीमा फर्किरहेको दाबी पनि गरे। एकीकृत समाजवादीले कम्युनिस्ट पार्टीको अस्तित्वलाई निरन्तरता दिएको उनको भनाइ थियो।

अध्यक्ष नेपालले अबको निर्वाचनमा कृषि, उद्योग, उत्पादन, वनको प्रयोग गरेर समृद्धिमा मुलुकलाई लैजानुपर्नेमा जाेड दिए। उनले युवाहरूले विदेशमा सिकेकाे सीप नेपालमा सदुपयोग गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

विज्ञान र प्रविधिको प्रचुर मात्रामा सदुपयोग गरेर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

प्रकाशित मिति: १७:२५ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्