Kathmandu Press

प्रधानमन्त्री कप राष्ट्रव्ययापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत २८ बाट

काठमाडाैं, चैत २६ : दोस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रव्ययापी खुला वरीयता ब्याडमिन्टन प्रतियोगिता भाेलि (सोमबार) सुरु हुँदैछ।आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि...
प्रधानमन्त्री कप राष्ट्रव्ययापी खुला ब्याडमिन्टन प्रतियोगिता चैत २८ बाट

काठमाडाैं, चैत २६ : दोस्रो संस्करणको प्रधानमन्त्री कप राष्ट्रव्ययापी खुला वरीयता ब्याडमिन्टन प्रतियोगिता चैत २८ गतेबाट सुरु हुँदैछ।

आयोजक हरिलाल धर्मदेवी मेमोरियल ट्रष्ट तथा अपि स्पोर्ट्स म्यानेजमेन्ट कम्पनीले शनिबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता चैत २८ गते सोमबारबाट सुरु हुने जनाएको छ।

प्रतियोगिता वैशाख १ गतेसम्म संचालन हुने संयोजक सुबाश श्रेष्ठले जानकारी दिए। त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आयोजना हुने प्रतियोगितामा देशभरका जिल्ला, क्लब र तीन विभागीय टोलीका खेलाडीहरुले सहभागिता जनाउने छन्। प्रतियोगितामा ३०० खेलाडीको सहभागिता हुने आयोजकले जनाएको छ।

प्रतियोगिता पुरुष एकल (खुला), महिला एकल (खुला), पुरुष युगल (खुला), यू–१५ पुरुष÷महिला, यू–१९ पुरुष÷महिला, मास्टर्स खुला ४५ वर्षमाथि र मास्टर्स खुला ५५ वर्षमाथि गरि कुल ९ विधामा प्रतिस्पर्धा हुनेछ।

एकलतर्फ पुरुष र महिलाको विजेताले १ लाख १५ हजार, दोस्रोले ५५ हजार र तेस्रोले १५ हजार पाउने छन्। यू–१५ पुरुष र महिलातर्फको विजेताले १० हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार पाउनेछन्।

यू–१९ को पुरुष र महिलातर्फको विजेताले १५ हजार, उपविजेताले ७ हजार र तेस्रोले ३५ सय पाउनेछन्। पुरुष युगलतर्फको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रोले १० हजार पाउनेछन्।

प्रतियोगीता विश्व ब्याडमिन्टन महासंघ र नेपाल ब्याडमिन्टन संघको नियमानुसार नेपाली राष्ट्रिय रेफ्री तथा अम्पायरबाट खेलाइने आयोजकले जनाएको छ। 

प्रकाशित मिति: १५:४२ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्