Kathmandu Press

शाक्यमुनि बुद्धको ६ फुटको प्रतिमा अनावरण

ललितपुर, चैत २६ : पाटनको मंगलबजार नःबहालस्थित पद्मवती महाविहारमा शाक्यमुनि बुद्धको छ फुटको प्रतिमा स्थापना गरिएको छ ।श्री बज्रवीर महाङ्काल गुठी संरक्षण तथा टोल...
शाक्यमुनि बुद्धको ६ फुटको प्रतिमा अनावरण

ललितपुर, चैत २६ : पाटनको मंगलबजार नःबहालस्थित पद्मवती महाविहारमा शाक्यमुनि बुद्धको छ फुटको प्रतिमा स्थापना गरिएको छ ।

श्री बज्रवीर महाङ्काल गुठी संरक्षण तथा टोल विकास समितिले स्थापना गरेको उक्त प्रतिमाको आज एक कार्यक्रमका बीच बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले अनावरण गरे।

Hardik ivf

६ फिटको शाक्यमुनि बुद्ध, साढे दुई फुटको दीपंकर बुद्ध र सहस्रभुज लोकेश्वर प्रतिमा स्थापना समापन कार्यक्रममा संस्कृतिमन्त्री श्रेष्ठले महाविरको संरक्षणका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए। 

प्रतिमा स्थापना समारोहमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, बागमती प्रदेशसभा सदस्य शोभा शाक्य, २० नं वडाका वडाध्यक्ष चन्द्रलाल महर्जनलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा दास संस्कार कोषमा सहायता पुर्‍याएका गुठियारलाईसमेत सम्मान गरिएको थियो।

प्रकाशित मिति: १५:०४ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्