Kathmandu Press

वैशाखी पर्वको तयारीमा जुटे सिख समुदाय

बाँके, चैत २६ : बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन्।विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको...
वैशाखी पर्वको तयारीमा जुटे सिख समुदाय

बाँके, चैत २६ : बाँकेका सिख समुदाय ३२३औँ खाल्सा साजना दिवस एवं वैशाखी पर्वको तयारीमा जुटेका छन्।

विगतका वर्षमा कोरोना महामारीका कारण प्रभावित बनेको वैशाखी पर्व यो वर्ष धुमधामका साथ मनाउने तयारी भइरहेको नेपालगञ्जको गुरुद्वारा गुरु नानकसिंह सभाका प्रधान राजेन्द्रसिंह सरदारले बताए।

उनका अनुसार वैशाखी पर्वका अवसरमा वैशाख २ गते भण्डारासहित प्रवचन र ३ गते नेपालगञ्जमा शोभायात्रा निकाल्नुका साथै मार्सल आर्ट देखाइनेछ। 'वैशाखी पर्व भनेको स्थापना दिवस हो । यसलाई हामीले भव्यताका साथ मनाउने गरेका छौँ । यसवर्ष पनि मनाउँछौं,' सभाका प्रधान सरदारले भने।

बाँकेमा करिब सात हजार आसपासमा सिख छन्। बाँकेको डुडुवा गाउँपालिका–६ सिख्खनपूर्वा, नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाह र जानकी गाउँपालिकाको वडा नं २ वनकटवामा सिख समुदाय छरिएर रहेका छन्। नेपालमा २५ हजारभन्दा बढी सिख छन्।

आफ्नो धर्म र रीतिरिवाजका बारेमा जानकारी दिन पर्व मनाउने गरिएको गुरुद्वारा गुरु नानकसिंह सभाका प्रधान सरदारले बताए।

प्रकाशित मिति: १३:०९ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्