Kathmandu Press

बाघकाे आक्रमणबाट बेपत्ता वृद्धकाे शव भेटियो

चितवन, चैत २६ : बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज...
बाघकाे आक्रमणबाट बेपत्ता वृद्धकाे शव भेटियो

चितवन, चैत २६ : बाघको आक्रमणबाट बेपत्ता भएका वृद्धको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पूर्वी चितवनको खैरहनी नगरपालिका-१२ मा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका स्थानीय वृद्धलाई बाघले आक्रमण गरी लगेको हो। उनको शव जितपुरघाटमा भेटिएको हो। 

Hardik ivf

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ९ः०५ बजे घाँस काट्न गएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण थियो।

बाघले आक्रमण गरेर लगेपछि धमलाको खोजीका कार्यका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो। शव ११ः२० बजे भेटिएको हो। 

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्