Kathmandu Press

सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरू हुँदै

हरेक दिन मच्छिन्द्रनाथको रथ आफ्नो गन्तव्यमा पुगेपछि सिपाहीहरूले तोप पड्काएर जनाउ दिने चलन पनि रहेको छ।
सेतो मच्छिन्द्रनाथको जात्रा आज सुरू हुँदै
फाइल तस्बिर : सुप्रिन्स शाक्य

काठमाडौं, चैत २६ : सेतो मच्छिन्द्रनाथको जात्रा आज (शनिबार) सुरु हुँदैछ। हरेक वर्ष चैत शुक्ल अष्टमी अर्थात् चैते दसैंकै दिन याे जात्रा सुरु हुन्छ।

सेतो मच्छिन्द्रनाथलाई आर्यावलोकितेश्वर जनबहाः द्यः पनि भनिन्छ। सोही कारण याे जात्रा जनबहाः द्यः जात्राको नामले समेत परिचित छ। 

नेपाल संवत् ७०८ देखि राजा शिवसिंह मल्लले याे जात्रा सुरु गरेको जानकारहरू बताउँछन्। शिखर शैलीको नौतले रथमा मच्छिन्द्रनाथको मूर्ति राखेर रथ यात्रा गर्ने प्रचलन छ। 

करिब तीन दिनको रथयात्राको पहिलो दिन जमलदेखि असनसम्म रथयात्रा गराइन्छ। दोस्रो दिन असनदेखि हनुमानढोकासम्म रथ तानेर लगिन्छ।

तेस्रो अथवा अन्तिम दिन हनुमानढोकाबाट लगनसम्म पुर्‍याइन्छ। रथ लगनमा पुर्‍याइएसँगै जात्रा सम्पन्न हुन्छ। 

हरेक दिन मच्छिन्द्रनाथको रथ आफ्नो गन्तव्यमा पुगेपछि सिपाहीहरूले तोप पड्काएर जनाउ दिने चलन पनि रहेको छ।

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: १२:४२ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्